सप्तरीमा प्रतिनिधि र प्रदेशसभा सदस्यहरुको एक टोलिद्वारा प्रारम्भिक बालविकास केन्द्र अबलोकन , भ्रमण

 संवाददाता    ५ पुष २०७६, शनिबार ११:३१     638 जनाले पढ़िसके



Spread the love

संजय विश्वकर्मा , लहान ५ पौष । शारीरिक एबम मानसिक रुपमा निरोगी र फूर्तिलो हुनका लागी प्रारम्भिक बालविकासको अबसर प्रत्येक बालबालिकालाई चाहिने प्रतिनिधि – सभा सदस्य सत्य पहाडीले बताएकि छिन् । प्रारम्भिक बालविकासका लागी संघिय संसदहरुको सहकार्य समन्वय समुह (ईसिडी ककस) कि संघीय संयोजक समेत रहनु भएकी पहाडीले बालबालिकाहरुको बिचार , भावना र अभिव्यक्तिमा ध्यान दिन अभिभावक लगायत शिक्षकको अहम् भुमिका रहेको बताईन । पौष २, ३ गते दुई दिन सप्तरीको सुरुङ्गा नगरपालिका र खड्क नगरपालिकामा सवल नेपालको कर्यक्षेत्र भित्रका प्रारम्भिक बालविकासको अबस्था अबलोकन गर्ने क्रममा उहाले यस्तो बाताउनु भयो । गर्भावस्थादेखी नै बालबालिकाको स्याहारमा अभिभावकको अहम् भुमिका रहेकोले त्यस अबधिमा गर्भवती आमा र बच्चामा पौष्टिक तत्व कमि हुन नदिन र समय – समयमा चेक जाच गराउन आब्यश्यक रहेको बताईन । प्रारम्भिक बालविकास मानव विकासको जगको रुपमा रहेकोले गर्भावस्था देखि कम्तीमा आठ बर्ष सम्म बालबालिकाको सर्वाङ्गिण विकासमा ध्यान दिन सम्पुर्ण अभिभावकमा उनलेे आग्रह गरे । प्रदेश नम्बर -२ ईसिडी ककसको संयोजक एवम् सप्तरी जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहनु भएका गोबिन्द न्यौपानेले भने सवल नेपालले काम गरेका प्रारम्भिक शिक्षा भएका आधारभुत बिधालयहरुको शैक्षिक अबस्था पहिलोको भन्दा धेरै नै सुधार भएको प्रसंसा गर्दै खुशी व्यक्त गरे । दुई दिने भ्रमण अन्तर्गत सुरुङ्गा नगरपालिका स्थितको जनता आधारभूत बिधालय नैनडावर , आधारभूत बिधालय भुसिमहुलिया , आधारभूत बिधालय बनिगामा , खड्क नगरपालिका अन्तर्गत आधारभूत बिधालय खोजपुर लगायतको बालविकासको अबस्था अबलोकन गर्ने क्रममा बिधालय ब्यबस्थापन समिती , प्रधानाध्यापक , अभिभावक , सेवाप्रदायक संस्था , बाल शिक्षकहरु लगायतले धेरै मेहनत गरिरहेको ईसिडी ककसका टोलिहरुले निचोड निकालेको प्रतिनिधि सभा सदस्य एवम् संघिय सह – संयोजक एकवाल मियाले बताए । सामुदायिक बिधालयको पठनपाठन प्रति अविस्वासको बाताबरणका कारण प्रारम्भिक बालबिकासमा समुदायको सबै बिद्यार्थी ल्याउन चुनौती रहेको प्रतिनिधि सभा सदस्य मियाको भनाई रहेकोे थियो । सप्तरीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले भने अनुगमन गरेका कतिपय बिधालयहरुमा भौतिक संरचना अन्तर्गत कक्षा कोठाको आभाव रहेको हुँदा नगरपालिकाले ध्यान दिन जरुरी रहेको बताए । अर्को प्रसङ्गमा उनले भने स्कुलमा पढने सबै बालबालिका हाम्रो सन्तान हो भन्ने भावना शिक्षकहरुमा नजागेसम्म सामुदायिक बिधालयको पठनपाठनमा सुधार नआउने बताए । समुउन्नती कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राबिधिक सहयोगमा संचालित कार्यक्रमको अबलोकन गर्न ईसिडी ककसका करिब १८ जना सिराहा , सप्तरी, बारा सर्लाही लगायतका प्रदेश र प्रतिनिधि सभा सदस्यहरु आएका थिए । उनीहरुलाई सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरी लगायतका सम्पुर्ण कार्यपालिका सदस्यहरुले स- सम्मान बिदाई गरेका थिए । ककस समूहले सुरुङ्गा नगरपालिकाका नगरप्रमुखलाई शैक्षिक प्रतिबेदन पनि बुझाएको सवल नेपालका समुउन्नती कार्यक्रम हेर्ने निर वहादुर आलेले जानकारी दिनुभयो ।