जडिबुटीमा लगानी गर्न प्रदेश सरकार तयार रहेको मन्त्री : यादव

 संवाददाता    ५ पुष २०७६, शनिबार ०२:४३     247 जनाले पढ़िसके



Spread the love

संजय बिश्वकर्मा लहान ४, पौष । स्वस्थ्य जिवनयापनका लागि खानपिनमा सुधार गरेमा मानव सयौं बर्ष बाच्न सकिने प्रदेश नम्बर – २ का उधोग पर्यटन बन तथा बाताबरण मन्त्री राम नरेश राय यादवले बताउनु भएको छ । प्रकृति संग मेलखाने कुरा खाएमा शारीरिक र मानसिक दुबै रुपमा मानिस स्वास्थ रहने भएकाले जडिबुटी र फलफूल खेतिमा जोड दिन किसानहरुलाई उनले आग्रह गरे । सिरहाको गोलबजारमा माटो र आमाको स्वास्थ्य सुधार अभियान भान्सा नै औषधालय विषयमा दुई दिने प्रशिक्षण तथा अधिबेशन कार्यक्रममा बोल्दै मन्त्री यादवले भने हाम्रो मुलुक प्राकृतिक रुपले धनी देश हो ´ हाम्रो मुलुकमा धेरै प्रकारका जडिबुटी भएकोले जडिबुटी संरक्षण गर्न प्रदेश सरकार पछि नपर्ने बताए । प्रदेश नम्बर- २ का कृषि मन्त्रालय सङ्ग सहकार्य गरेर किसान हरुकालागी जडिबुटी खेतीमा जोड दिन विभिन्न खालका कार्यक्रमहरुको प्याकेज मन्त्रालयले ल्याउने उनले दाबी गरे । अर्को प्रसङ्गमा उनले भने ` माटोको क्षमता बढाउनका लागि रासायनिक मलको प्रयोग निशेध गर्नु पर्ने र आर्गानिक मलमा जोड दिन किसानहरुलाई आग्रह गरे । माटो जिबनको आधार हो , वायु प्राण भएकाले माटो र बायुलाई संरक्षण गर्नका लागी एक जनाले कम्तीमा ५ वटा रुख रोप्न उनले सबैमा आग्रह गरे । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल जिल्ला संगठन विस्तार कर्यसमिती सिरहाको आयोजनामा भएको कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष रोमलाल गिरि , प्रदेश अध्यक्ष ईन्द्र पाठक , गोलबजार नगरपालिका मेयर देबनाथ साह, धनगाडिमाई नगरपालिकाका मेयर हरिनारायण चैधरी, सरोकारवाला निकायका प्रतिनिधि लगायत पत्रकारहरुको सभागिता रहेको थियो । सिरहाका सबै स्थानीय तहसंग समन्वय गरेर प्रत्येक घरको भान्सालाई प्राकृतिक औषधालय बनाउनका लागि मापदण्ड अनुसार १७ वटौ स्थानीय तहको टोल टोलमा अभियान संचालन गर्ने आयोजकले जनाएको छ । झापा जिल्लाको दमक नगरपालिकाबाट सो अभियानको सुरुवात भएको थियोे ।