युवाहरूलाई सिपमा दक्षता ल्याउन निशुल्क मन्टेश्वरी तालीम

 संवाददाता    २८ मंसिर २०७६, शनिबार १३:५१     348 जनाले पढ़िसके



Spread the love

सन्जय बिश्वकर्मा , लहान २८ मंसिर । सिरहाको लहानमा बिहीबार देखी एक महिनाका लागि सुरु भएको मन्टेश्वरी तालीम आज शनिबार पनि जारी रहेको छ । यस जिल्लाका विभिन्न मन्टेश्वरी / बोर्डिङ स्कुलका शिक्षक र नव आगन्तुक शिक्षण गर्न चाहने ईच्छा भएका व्यक्तिहरुलाई शिक्षण पेशामा दक्ष बनाउनका लागि तालिमको आयोजना गरेको आयोजकले जानकारी दिनुभयो । कम्तीमा एसईई मा अध्यनरत पुर्व प्राथमिक बिधालयमा अध्यापन गर्ने सोच भएका बिद्यार्थीहरुलाई शिक्षण बिधिमा दक्ष गर्ने उदेश्य पनि यस तालीमको रहेको छ । पच्चीस जनाको सहभागीता रहेको तालिमको सहजीकरण अच्युत गौतमले गरिरहेको छ । प्रदेश नम्बर २ सरकारको सीप कार्यक्रम अन्तरगत युके एडको आर्थिक तथा प्राबिधिक सहयोग र जागरण नेपाल लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर- २ को सहकार्यमा तालिम संचालन भैरहेको जागरण नेपालका अध्यक्ष ज्ञानेन्द्र राय दनुवारले जानकारी दिनुभयो । रोजगारी सर्भिस प्रा. लि. को आयोजनामा संचालित तालिमले आफ्नै देशमा रोजगार गर्न चाहने बेरोजगार जनशक्तिलाई सीप र क्षमता अनुसारको रोजगारमा दक्ष बनाई स्वदेशमै रोजगार दिने लक्ष्य समेत राखेको छ । तालिममा सहभागी युवाहरुलाई जागरण नेपालले रोजगार दिन पहल समेत गर्ने जागरण नेपालका प्रतिनिधि हरेराम साफिले बताए ।