सहकारी कै कारणले महिलाहरु अग्रसर हुदै छ : उप-मेयर चौधरी

 संवाददाता    २५ मंसिर २०७६, बुधबार १५:०२     356 जनाले पढ़िसके



Spread the love

महेश सिंह,सिरहा २५ मंसिर लहान पब्लिक बचत तथा त्रृmण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । लहान नगरपालिकाका उप– प्रमुख सरियार कुमारी चौधरीको प्रमुख आतिथि रहेको थियो प्रमुख अतिथि चौधरीले भने सहकारी सस्था कुनै ब्यक्तीको हुदैन यो सबै शेयर धनीहरुको हो सहकारी कै कारणले महिलाहरु अगाडि बढीरहेको बताएनु भयो । कार्यक्रममा संस्थाले बार्षिक प्रगति प्रतिबेदनका सस्थाको सचिब उर्मिला कुमारी चौधरी ले अहिले सम्मको लगानीको हिसाब रु २,५६,०४,५५४ / ४४ रकमको हिसाब प्रस्तुत गरेका थिए । साथै आय –२०७५ र २०७६ आय ३९,५५,२४७ र ब्यय ३९, ५५,२४७ रहेको प्रस्तुत समेत गरेका थिए । संस्थाका अध्यक्ष प्रेमलता कुमारी चौधरीको सभा– अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका साधारण सदस्य , लहान नगरपालिकाका वडा अध्यक्षहरु , बिशिस्टहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र राष्ट्रिय सहकारी बैंक लहान शाखा सन्बय समितिको अध्यक्ष संजय कुमार महतो राष्ट्रिय सहकारी बैंक लहान शाखाको सह प्रबन्धक समीर श्रेष्ठ र लोक प्रिय बचतको अध्यक्ष हरिदेब चौधरीको समेत उपस्थिती रहेको थियो । अतिअतिथिहरु पत्रकार महेश सिंह ,पत्रकार सत्यनारायण चौधरीले मन्तव्य दिदै भने सहकारी सस्थाहरु गरिब गुरुवाको जिबन बन्न पुगेको छ बताएउनु भयो । लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको उदघोष समाद एफएमका पत्रकार अनुभक्त चौधरीले गरेका थिए ।