सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालयमा बम फेला

 संवाददाता    १३ मंसिर २०७६, शुक्रबार ०५:४३     327 जनाले पढ़िसके



Spread the love

महेश सिंह ,सिरहा १३ मंसिर – सिरहाको १७ स्थानीय तह मधये धनगढीमाई न.पा.पनि सोहि अन्तरगत पर्ने गर्छ । धनगढी माई नगरपालिकाको मेयर हरि नारायण चौधरी बस्ने कोठाको मुनि सो संकास्पद बस्तु फेला परेको छ । उक्त बस्तु बम जस्तो देखिको छ । नगरपालिकाको मुख्य गेटमा शंकासपद बस्तु रातो झोलामा रहेको छ । बम कसले र कतिबेला राखेको विषयमा केहि खुल्न सकेका छैन। हाल नेपालि सेना बम डिस्पोजल टोलि,नेपाल प्रहरीको टोलि हरु आएर बम डिस्पोज गर्ने प्रक्रियामा लागी परेको बताए । एका बिहानै बम फेला पर्दा गाउँ नै त्रसित भएको छ । घटनाको थप जानकारी आउन बाकि रहेको छ् ।