बिधालयमा अभिमुखिकरण

 संवाददाता    २८ कार्तिक २०७६, बिहीबार ०८:२८     328 जनाले पढ़िसके



Spread the love

संजय विश्वकर्मा लहान २८, कार्तिक । सिरहाको लहान नगरपालिका वडा नं. — २३ को माध्यमिक बिधालय सोनमती गाढामा आज एक दिने बिधालय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्पर्श नेपाल शाखा कार्यालय लहानको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा सो विधालयको कक्षा ९ र १० का करिब ६० जना छात्र छात्राहरुको सहभागिता रहेको स्पर्श नेपालका जिल्ला सुपरभाईजर कैलाश कुमार शाहले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रममा लागु औषधको माध्यमले हुने मानबिय क्षती न्युनिकरण गर्नको लागी बिभिन्न उपायहरुको बारेमा बिषेश रुपले छलफल भएको थियो भने एच आई भि एडस बाट बच्ने उपायहरुको बारेमा समेत छलफल भएको सुपरभाईजर शाहले बताए । कार्यक्रमको सहजिकरण आईआरडब्लु प्रदिप यादव र सोभानन्द चौधरीले गरेका थिए । कार्यक्रममा स्कुलको प्रधानाध्यापक अरबिन्द कुमार दास लगायत शिक्षकहरुको सहभागिता समेत रहेका थिए ।